About us

अहिलेको आधुनिक जगतमा संचार माध्यमले  सम्पर्कको सामुहिक स्रोतको रुपमा समाजमा सक्रिय र प्रभावकारी भुमिका खेल्दै आएको छ । रेडियो , टेलिभिजन ,  समचारपत्र पत्रिका , पुस्तक साथै अनलाइर्न  मिडियालाई संचार माध्यमको रुपमा लिईने गरिएको छ । यस मानव जातीको आधुनिकरण  सँगै सञ्चार र सुचना हरेक पल अपरिहार्य बनिरहेको छ ।

विश्वका हरेक ठाउँमा बसोवास गर्दै आएका मानव समुदायलाई सुचना र सञ्चार अती आवश्यक बनिरहेको छ । केही समय यता ग्लोबल नेटवर्क अथवा  वल्ड वाईड नेटवर्कले सञ्चार माध्यमलाई सहज र सुलभ बनाईरहेको छ । यसै सन्दर्भमा Nepal Aawaz को मुख्य उद्धेश्य  विश्वभर छरिएर रहेका नेपालीहरुलाई सहज र सुलभ ढङ्गबाट समाचार , राजनिती , समाज , स्वास्थ्य ,विज्ञान र प्रविधी , रोचक विषयबस्तु , स्पष्ट विचार , खेलकुद , प्रवासका गतिबिधी , कला र साहित्य , मनोरन्जन , समय सापेक्षी बिशेष कुराकानी , प्रेस विज्ञप्ती साथै बिश्वका घटनाहरु बारे अवगत गराउनु हो । 

सुचना र सञ्चार माध्यम  अन्तरगतको अनलाईल मिडिया Nepal Aawaz लाई प्रभावकारी ढङ्गबाट सन्चालनको लागी यहाँहरुको सल्लाह , सुझाव र माया अपरिहार्य हुन्छ । पाठकहरुको प्रतिक्रिया बमोजिम हामीले विशाल  नेपाल न्यूजलाई परिमार्जित गर्दै लैजाने प्रतिबद्धता गर्दछौ । विश्वव्यापी सञ्चार माध्यमलाई पच्छ्याउदै हामीले Nepal aawaz लाई एउटा प्रयासको रुपमा प्रस्तुत गरेका हौ । 

यहाँहरुबाट प्राप्त सत्य समाचार , लेख रचना, कला साहित्य , विचार विष्लेषण साथै रोचक विषयबस्तुलाई विषेश प्राथमिकताका साथ प्रकाशित गर्दै लैजाने प्रतिबद्धता गर्दछौ ।