[ad_1]

एक मिनेट आँखा चिम्लेर बस्नुहोस्, त के तपाईं विचारसून्य अवस्थामा रहन सक्नुहुन्छ ?

मनमा कुनैपनि किसिमका विचारहरु आउन नदिनुहोस् । के यो संभव होला ?

केही कल्पना नगरी, केही नसोची, केही तर्क नगरी, चुपचाप, शान्त र एकदमै सून्य एवं स्थिर अवस्थामा रहन सक्नुहोला ?

अहिले नै हामी यसको अभ्यास गर्न सक्छौं । अहिले तपाईं आँखा चिम्लनुहोस् र एक मिनेट मौन–धारण गर्नुहोस् । आफ्नो सम्पूर्ण ध्यान श्वासप्रश्वास क्रियामा केन्द्रित गर्नुहोस् । घर–परिवार, काम–करियर, ऋण–धन, रोग–स्वास्थ्य, चिसो–तातो, जाडो–गर्मी सबै कुरालाई चटक्कै बिर्सिएर आफैभित्र केन्द्रित हुनुहोस् ।

जति सरल र सहज ढंगले सोच्नुभएको थियो, संभवत त्यस्तो भएन । हामी एकक्षण पनि स्थिर र शन्त अवस्थामा रहन सक्दैनौं । जब हामी मनलाई शान्त राख्ने प्रयास गर्छौं, अनेक किसिमका कुराले मनलाई उथलपुथल बनाइरहन्छ । अनेकथरी विचार, तर्क, कल्पनाले मनमा तुफान ल्याइरहन्छ ।

मेरो काम के भयो होला ? घरका मान्छेहरु को–के गर्दैछन् ? देशमा के हुँदैछ ? फेसबुकमा के चर्चा भइरहेको छ ? मेरो पोस्टमा कति लाइक आए होलान् ? फलानोको ऋण के गर्ने होला ? आज खाना के खाने होला ? भोलि के गर्ने होला ?

यस्ता–यस्तै कुराहरुले मनलाई अस्थिर बनाइरहन्छ । अर्थात एक क्षण पनि हाम्रो मनले विश्राम पाउँदैन । एक निमेषमै हजारौं कुराहरु मनमा खेल्न थाल्छ । त्यसैगरी वाहिरको आवाज, हो–हल्ला, गर्मी वा जाडो जस्ता कुराहरुले पनि असर गरिरहेको हुन्छ । यावत् कुराहरुलाई पूर्ण रुपमा निषेध गरेर मनलाई आफैभित्र केन्द्रित गर्न  कठिन छ । तर, असंभव भने छैन ।

किनभने हामीकहाँ सदियौंदेखि यस किसिमको अभ्यास भइरहेका छन् । खासगरी ध्यानको चरणमा प्रवेश गर्नका लागि यस किसिमको विधी अपनाउने गरिन्छ । शरीरलाई वाह्य प्रभावहरुबाट विचलित हुन नदिइ, मनलाई शान्त र स्थिर बनाएर आफैमा मग्न वा एकाकार हुने यो एक पद्धती हो ।

अन्य अवस्थामा हामी केही हेरिरहेका हुन्छौं, केही सुनिरहेका हुन्छौं, केही अनुभव गरिरहेका हुन्छौं, केही बोलिरहेका हुन्छौं । यी सबै क्रियाहरु गर्दा शरीरको उर्जा नष्ट भइरहेको हुन्छ ।

अहिले कोरोना सन्त्रासको कारण हामी घरभित्रै बस्नु परेको छ । एउटै कोठामा घण्टौंसम्म बस्नु परेको छ । यस्तो अवस्थामा हामी समय कटाउने बाहाना खोजिरहेका छौं । टिभी हेरेर हुन्छ वा मोवाइल चलाएर, समय कटाइरहेका छौं । त्यसो त कतिपयले आफ्नो कामधन्दा पनि जारी राखेका छन् । यद्यपि  वाहिर हिँडडुल गर्न, जमघट गर्न अनुकुल छैन । घर, कार्यथलो जहाँ भएपनि एकै स्थानमा धेरै लामो समय विताउनुपर्ने स्थिति छ ।

यसरी घरभित्रै बस्नुपर्दा वा एकै ठाउँ बस्नुपर्दा कतिपयलाई छटपटी हुन्छ । वेचैनी बढ्छ । यसबाट उम्कन कतिपयले मदिरापान गर्न सक्छन्, कतिपय मनोरञ्जनको माध्याम खोज्न सक्छन्, कतिपय भने चिन्ता र तनावले ग्रस्त हुन सक्छन् ।

यस्तो अवस्थामा केही यस्ता अभ्यास गर्न सकिन्छ, जसले मनलाई स्थिर र शान्त राख्छ । शुद्धिकरण गर्छ ।

हाम्रो अनेकथरी विचार आउँछ । त्यसको सोझो असर हाम्रो शरीरमा पनि हुन्छ । जस्तो हामीमा आउने खराब विचारले मनमा ग्लानी, उत्तेजना, दुःख पैदा गर्छ । सकारात्मक विचारले खुसी र उमंग पैदा गर्छ । अतः हामी बसेको वातावरणले यस्ता विचारहरु निर्माणमा भूमिका खेल्छ ।

संकटग्रस्त अवस्थामा प्राय हामी चिन्तित, दुःखी, उदास, वेचैन हुने गर्छौं । यसले हामीलाई डिप्रेसनदेखि उच्च रक्तचापसम्मको स्थितिमा पु¥याउँछ । त्यसैले कतिपय प्रतिकुल क्षणहरुमा पनि मनलाई धैय र शान्त राख्ने अभ्यास जरुरी हुन्छ ।

[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *