[ad_1]

कामको शिलशिलामा संक्रमित हुन पुगेँ छु। मलाइ थाहा छैन कताबाट सुरु भयो। म मेरो श्रीमती र छोरा बाहेक कोही पनि सहयोगीलाई कोरोना पोजेटिभ देखिएन। आफूले चढ्ने गाडीमा अरुलाई चडाइन, मास्कको सबैभन्दा बढी प्रयोग गरेँ। सेनिटाइजर कहिलै छुटाइन र पनि मलाइ पोजेटिभ देखिएपछि अच्चममा परेको थिएँ।

संक्रमित भएपछि मैले स्वास्थ्यकर्मी साथीहरुलाई कुरा गरेँ। उहाँहरुबाट सल्लाह लिए। हस्पिटलको आइसोलेसन भन्दा घरमै उचित ठाने। आफ्नै घरको एक फ्ल्याटलाई आइसोलेसनको रुपमा बनाएर तीन जना अलग अलग तर देखिन मिल्नेगरी बस्यौं। सामान्यतः यस्तो बेलामा तनाव हुँदो रहेछ। हामी तीनै जना तनाव कम गर्नेतर्फ ध्यान दिन्थ्यौं।

हाँसो त आउथेन तर पनि हाँस्ने कोसिस गर्थेँ। आफू संक्रमित छु भन्ने कुरो थाहा भए पछि अलिअलि मानसिक तनाव हुनु स्वभाविक पनि हो। हामी तीनै जना भएका कारण मैले आफूलाई सम्हाल्दै उनीहरुलाई हसाँई रहने चेष्टा गर्थे। फोन पूर्ण रुपले बन्द गर्यौं। फोनमा कुरा गर्दा सबैले उत्प्रेरणादिने कुरा त हुँदैन।

आफन्तले देखाएको मायाले पनि त कहिले कतै बोलेका कुराले आफैलाई तनाव गराउँथ्यो। स्वर त भासिएको छ, कस्तो छ, बाहीर जाने हो कि त भन्ने जस्तो शब्दहरुले आफूलाई पनि तनाव दिन्थ्यो। त्यसैले हामीलाई प्रेरित गर्ने खालका फोनमात्र उठायौं। हामी नेपालीको प्रवृति नै हो भनौं। आफूलाई जानकारी नै नभएको कुराको पनि विज्ञ हुनु पर्ने।

एउटा उच्च पदस्थ व्यक्तिमाथि समाजले गरेको व्यवहारले उक्त व्यक्तिको मनोबल गिर्छ भने सामान्य जनजीवन जीउने व्यक्तिलाई यो समाजको व्यवहार कसरी पाच्य होला। किन मान्छेले आत्महत्या नगरोस् त? मैले अघि पनि कुरा गरेँ। डाक्टरहरुको बोली र समाजको व्यवहारका विरुद्ध सरकार र स्थानीय तहहरुले भूमिका निर्वाह गर्नु पर्छ झै लाग्यो। स्थानीय प्रतिनिधि आएर के कस्तो छ भनेर सोधेको भए। सायद समाजले हेर्ने दृष्टिकोणमा फरकपन आउँथ्यो कि ?

हामी संक्रमित भएर बसिरहँदा पनि कतिपयले त काठमाडौं लैजाने ‘प्लाज्मा थेरापी’ गर्नेसम्म भन्नु भयो। ‘प्लाज्मा थेरापी’ कस्तो बेलो गर्ने, कस्तालाई गर्ने लगाएतका कुरा थाहा नहुँदा पनि त्यस्तो सल्लाह दिनु हुथ्यो। तर, कतिपय आफन्त साथीभाइहरुले यो युद्ध हो, युद्धमा हार्नलाई गइँदैन, जित्नु पर्छ, जसरी भएपनि जित्नुहोस् युद्ध जित्नेहरुले नै इतिहास बनाउँछन् भनेर प्रोत्साहन पनि गर्नु भयो।

उहाँहरुको यस्तो कुराले आत्मबल बढाउँथ्यो। आत्मबल नै यो रोगको उपचार हो जस्तो लाग्यो मलाइ। त्यसै पनि हाम्रो शरीरले खुसी हुँदा उत्पादन गर्ने केमिकल र दुखी हुँदा उत्पादन गर्ने केमिकलमा फरक पर्छ।

संक्रमित भएपछि जति आत्मबल राख्यो, जति खुसी हुन सक्यो, जति यो कुरालाई भुल्न सक्यो त्यति नै हाम्रो शरीरबाट निस्कने केमिकलहरु बलियो भएर निस्कने र रोगसँग लड्ने क्षमताको पनि विकास हुने रहेछ। डाक्टर साथीहरुले पनि यही सल्लाह दिनु हुथ्यो। मैले पनि त्यही गरेँ।

डाक्टरहरुले पनि यस्तो बेलामा विमारीहरुका लागि ठूलो भूमिका निर्वाह गर्छन झैं लाग्यो मलाइ। कुनै पनि औषधि बनिनसकेको बेला डाक्टरले बोलेको बोलीका कारण पनि धेरै विमार निको हुने र अझै फैलिने हुँदो रहेछ। मलाइ फोन आउँथ्यो। अलि ठाडो भाषामा, औपचारिकता निभाउने तरिकाले। तपाईँ त संक्रमित हो कस्तो छ? के छ? जस्तो गरी सोध्ने।

यस्तो फोन आउँदा मैले सिधै भने तपाईँ फोन राख्नुहोस्। मलाइ पुनः नगर्नु होला। तर, कतिपय अवस्थामा अरु डाक्टरहरुले पनि मलाई फोन गर्नु हुथ्यो। ‘हामी छौं सर, न आत्तिनु होला। केही पनि होइन आफूलाई स्ट्रोङ बनाउन सक्यो भने यो रोग आफैं ठिक हुन्छ। सामान्य समस्या हुँदा पनि फोन गर्नु होला हामी तुरुन्तै सहयोग गर्छौं।’ यसरी भन्दा कस्तो सञ्चो भएको अनुभव हुथ्यो।

समाजले पनि यस्तो बेलामा महत्वपूर्ण भूमिका खेल्दो रहेछ। म बस्ने ठाउँदेखि १ किलोमिटर वरपरको समाजले मलाइ चिन्छ। एकदमै हार्दिकता छ। सबैले माया गर्नु हुथ्यो। तर, जव हामी संक्रमित भयौं, मेरै घर वरीपरिकाले आफ्ना झ्यालहरु थुन्न थाल्नु भयो। ढोका थुन्नु भयो। घरको दुवैतर्फ रोड छ। मेरो घरपट्टिको बाटो हिँड्न छोड्नु भयो।

ठेला रिक्सालाई, तरकारी बेच्नेलाई समेत त्यो घर नै यस्तो हो भन्ने, बाटो हिड्न नै नपठाउने व्यवहार समेत गरे। कुनै पनि समाजमा संक्रमित व्यक्तिलाई यस्तो व्यवहार गरेको खण्डमा कस्तो हुन्छ होला। आफैले भन्न उचित कति हुन्न कुन्न ? एउटा उच्च पदस्थ व्यक्तिमाथि समाजले गरेको व्यवहारले उक्त व्यक्तिको मनोबल गिर्छ भने सामान्य जनजीवन जीउने व्यक्तिलाई यो समाजको व्यवहार कसरी पाच्य होला।

किन मान्छेले आत्महत्या नगरोस् त? मैले अघि पनि कुरा गरेँ। डाक्टरहरुको बोली र समाजको व्यवहारका विरुद्ध सरकार र स्थानीय तहहरुले भूमिका निर्वाह गर्नु पर्छ झै लाग्यो। स्थानीय प्रतिनिधि आएर के कस्तो छ भनेर सोधेको भए। सायद समाजले हेर्ने दृष्टिकोणमा फरकपन आउँथ्यो कि ? स्थानीय तहहरुले पनि फिवर क्लिनिक संचालन गर्ने, काउन्सिलर जस्तो डाक्टर राख्ने सबैलाई उत्प्रेरणा दिँदै गर्ने जस्ता क्रियाकलाप गर्नु पर्छ भन्ने अनुभव मेरो छ।

मिडियाहरुले पनि यो बेलामा महत्वपूर्ण भूमिका खेल्नु पर्छ। म होम आइसोलेसनमा बस्दा मिडियाहरुले हाइ प्रोफाइलका व्यक्ति पनि कोरोना संक्रमण भएर घरमै बसेका छन् जस्तो तरिकाले समाचार छाप्नु भयो। समाजले ती समाचार हेरेपछि गर्ने व्यवहार कस्तो होला अनुमान गर्न सकिन्छ। कमसेकम मलाइ सोधेर कसरी बस्नु भएको छ।

के के उपाए अपनाउनु भएको छ। समाजलाइ कस्तो प्रभाव पार्छ भन्ने कुराहरु यथार्थ लेखेको भए।। स्वास्थ्य प्रोटोकल अनुसारको भए नभएको चेकजाँच गरेको भए, समाजलाई पनि त डर सृजना हुन्थेन होला भन्ने मेरो बुझाइ हो।

पछि पत्रकार साथीहरु पनि संक्रमित हुन थालेपछि, उहाँहरु पनि होमआइसोलेसनमा बस्न थालेपछि यस्ता समाचार आउन छोडे। मिडियाले यस्तो बेलामा सकारात्मक भूमिका निर्वाह गर्नु पर्छ, जसका कारण समाज सकारात्मक हुन्छ र महामारीबाट पार पाउँन सजिलो हुन्छ।

प्रदेश एकका महान्याधीवक्ता आचार्यसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित

[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *