[ad_1]

डाक्टरको घर अगाडि ‘कोरोना संक्रमितको घर हो’ भनेर सूचना टाँसियो। ‘घरबेटीले नर्स भनेर कोठाबाट निकाले।’ ‘यो अस्पतालमा बिरामी मर्यो भनेर डाक्टर कुटियो।’

त्यो अस्पतालमा लापर्वाही भयो भनेर नर्सको हड्डी भाचिने गरेर पिटे’ अनि ‘फलानो होटेलमा स्थानीयबासीले स्वास्थ्यकर्मी क्वारिन्टिनमा राखेको भनेर घेराउ गरे।’ यी शीर्षकमा समाचारहरु बारम्बार आइरहेका छन् आजकाल। यी समाचार दुई चार दिन चर्चामा आउँछन् अनि सेलाउँछन्। फेरि अर्को २ दिनपछि अर्को ठाउँको घटना विवरणसहित यस्तै समाचार आउँछ।

बिहानै मर्निङ वाकमा जाँदा सामाजिक संजालमा झलक्क देखेका यी र यस्तै समाचारले मेरो ध्यान आकर्षण गरेको थियो। मेरो एकजना प्रतिष्ठित डाक्टर साथीले बडो चित्त दुखाएको भावमा स्टाटस राख्नु भएको रहेछ। मन भारी भयो। हिँड्दा पुरै समाचार पढ्न सकिनँ।

साथै मेरो स्वास्थ्य संस्थाबाट नर्सको कमी भएको कारणले सिफ्ट कभर गर्न निरन्तर अनुरोध गर्दै फोनमा घरिघरि म्यासेज आइ राखेकोले समाचार पुरै पढ्न पनि सकिनँ। केही नर्सहरु क्वारिन्टिनमा बसेका कारण स्वास्थ्यकर्मीको अभाव खड्किएको रहेछ।

५ दिन लगातार काम गरेको मान्छे मलाइ खासैमा सप्ताह अन्त्यका दिनमा काममा जान मन थिएन। तर स्थिति हेर्दा नाइँ भन्न सक्ने अवस्था पनि छैन।

म आँफू काममा गएको दिन घरभित्र पनि सामाजिक दुरी कायम गरेर बस्ने भएको हुनाले आफ्नो छुट्टीको दिन चाहिँ परिवारसँग बस्न रहर लाग्छ। सँगै बसेर खाना खान मन लाग्छ। फेरि सम्झिन्छु, मेरो सहकर्मी मेलिसाले १६ घण्टा लगातार काम गरिसकी।

त्यसै त नर्सको काम, त्योमाथि पीपीई भित्र गुम्सिँदा कामको थकाइ दोब्बर हुन्छ।’ न खाऊ भने दिन भरिको सिकार, खाऊँ त भने कान्छा बावुको अनुहार’ भनेजस्तै भएको छ मलाइ यो ओभरटाइम सिफ्ट। हुन्छ भनूँ कामको थकाइ मरेको छैन, हुन्न भनुम् मानवताले दिन्न।

दश बाह्र दिन अगाडि संजालमा नै भाइरल भएको समाचार पनि सम्झें। त्यो समाचार एउटी महिला ७ ओटा अस्पतालको ढोका चाहार्दा पनि अस्पतालले भर्ना नलिएर बाटोमा नै मृत्यु भएको भनेर छापिएको थियो। सम्झें त्यो अवस्था समाजको यस्तै व्यवहारको उपज त होइन?

दोधारसँगै झलक्क बिरामीहरुको मायालु अनुहार सम्झिन्छु। डबल सिफ्ट ड्युटी गरेकी मेलिसाको थकित अनुहार सम्झिन्छु अनि ड्युटी मिलाउनेलाई म्यासेज गर्छु, ‘आई विल टेक द सिफ्ट।’ धित् मरुन्जेल सुत्ने रहर पुगेको छैन अनि परिवारसँग बसेर खाना खाने कुराकानी गर्ने न्यास्रो मेटेको छैन। तर पनि एक्ट्रा सिफ्ट लिन्न भन्न मेरो अन्तर्मनले ‘नो’ भन्न सकेन।

घरमा ‘आज पनि आफू काममा जान पर्ने भो’ भनेर सुनाउँदा सबैको अनुहार झ्याप्झुप्पभो ।मन त मेरो पनि अँध्यारो थियो तर मसँग अरु उपाय पनि त थिएन। परिवारको मसँगै समय बिताउने उत्साहलाई आफ्नो पेशागतकर्तव्यले अलिनो बनाइसकेको थिएँ, निरुत्तर थिएँ। त्यसैले ध्यान अन्तै मोड्न फोन समातेर सामाजिक संजालतिर छिरें।

यता प्रवासमा आफू र परिवारको समय चोरी चोरी म स्वास्थ्यकर्मीको नाताले विरामीको सेवामा खटिएकी छु, उता नेपालका साथीहरु मजस्तै कोरोनाका पीडित विरामीको उपचारमा लागेका स्वास्थ्यकर्मीलाई समुदायले पीडा दिएको स्ट्याटस र समाचार सेयर गर्दैछन्, कस्तो विडम्बना। मेरो आँखा मेरी एक नर्स साथीको पोष्टमा गएर ठोकिन्छन् उही समाचार सेयर गरेकी रहिछ।

उदेकलाग्दो स्ट्याटससहित। समाचारको शीर्षकमा लेखिएको थियो, ‘निजामती अस्पतालका स्वास्थ्यकर्मीलाई आफ्नो टोलमा राखेको भन्दै स्थानीयको विरोध’! समाचार पढ्दै जाँदा छाती भारी भो। आँखा रसिला भए। साँँच्चै नै मन बिचलित भो। ती स्वास्थ्यकर्मीमा आफू भेटें। उनीहरु पनि मजस्तै गरी खटिएका थिए होलान्। दिन रात, विदा नभनी। झनक्क रिस पनि उठ्यो।

दश बाह्र दिन अगाडि संजालमा नै भाइरल भएको समाचार पनि सम्झें। त्यो समाचार एउटी महिला ७ ओटा अस्पतालको ढोका चाहार्दा पनि अस्पतालले भर्ना नलिएर बाटोमा नै मृत्यु भएको भनेर छापिएको थियो।

आफ्नो ज्यान र पारिवारिक कर्तव्य माया र ममतालाई पन्छाएर महामारीसँग डटेर सेवामा लागेका छन्। घरमा नै बसे पनि सबै स्वास्थ्यकर्मी ‘नछुनी’ भएका छौं। आफ्नै ज्यानमा कति खेर संक्रमण सर्ने हो भन्ने त्रास हुन्छ। त्यस्तै आफ्नो परिवारलाई लगेर सार्छु भन्ने डर हुन्छ। यो म स्वयं आफूले समेत भोगेको पीडा हो।

सम्झें त्यो अवस्था समाजको यस्तै व्यवहारको उपज त होइन? म आफू पनि एक नर्स हँु। नेपालमापनि काम गरेको अनुभव छ। अहिले अमेरिकामा पनि नर्सकै काम गरिराखेकोले नेपालको स्वास्थ्यकर्मीप्रतिको व्यवहार र यो अवस्था विश्लेषण गर्न सक्छु।

समस्या
हो, यो महामारीले हामी सबै त्रस्त छौं । यो युगको नै ठूलो महामारी हो। र यो युद्ध स्वास्थ्यकर्मीले लड्न पर्छ। संसारभरिका स्वास्थ्यकर्मी एउटै स्वास्थ्य समस्या र सामाजिक दायित्वको लागि लडिरहेका छौं। अहिले सबैले बुझ्न पर्ने कुरो के हो भने जुन सुकै ओहदाका स्वास्थ्यकर्मी भएपनि र संसारको जुनसुकै कुनामा भएपनि हामी मानव हौं।

हाम्रो पनि शरीर छ। यसको माया लाग्छ। परिवारमा बस्छौं अनि परिवारको माया लाग्छ। त्यस्तै आफ्नो समाज, पेशा र देशप्रतिको जिम्मेवारी छ। दिनदिनै घरबाट निस्केर बिरामीको सेवा गर्न जाँदा अहिलेको अवस्थामा कालको मुखमा हात हाल्न गएको हुँ कि भन्ने भान हुन्छ। त्यस्तै स्वास्थ्यकर्मीको परिवारको पनि पीडा हो यो।

समाज र महामारी बीचको ढाल बनेर समाजलाई जागाइ रहेको हुन्छ, त्यस्तो अवश्थामा आफैं क्वारेन्टिनमा बस्दा त्यही समाजको गाउँ, टोल अनि सहरले बास दिँदैन भने कहाँ गएर बस्ने स्वास्थ्यकर्मी?

आफ्नो जीवनसाथी, दिदी र दाइ, बहिनी र भाइ , आमा र बुवा, छोरी र छोरा, काकी र काकाजस्ता नाता आफ्नो स्वास्थ्य जोखिममा पारेर दिनदिनै महामारीसँग लड्न जाँदा कसको मनमा पीर र त्रास हुन्न? भलै स्वास्थ्य क्षेत्रमा लाग्नु आफ्नो निर्णय हो र संक्रमणसँग लड्नु पेशा हो तर मानसिक त्रास र डर छँदै छैन भन्नुचाहिँ झुठ हो।

कति स्वास्थ्यकर्मीका परिवार साना छोरा र छोरी लिएर माइत बसेका छन्। कतिले आफ्ना सन्तानलाई आफन्तको साथमा छोडेका छन् त कति स्वास्थ्यकर्मी आफ्ना बृद्ध बुवा आमालाई नजिकबाट हेर्न र भेट्न गएका छैनन्। आफ्नो ज्यान र पारिवारिक कर्तव्य माया र ममतालाई पन्छाएर महामारीसँग डटेर सेवामा लागेका छन्।

घरमा नै बसे पनि सबै स्वास्थ्यकर्मी ‘नछुनी’ भएका छौं। आफ्नै ज्यानमा कति खेर संक्रमण सर्ने हो भन्ने त्रास हुन्छ। त्यस्तै आफ्नो परिवारलाई लगेर सार्छु भन्ने डर हुन्छ। यो म स्वयं आफूले समेत भोगेको पीडा हो। शारीरिक थकान र मानसिक डरले लखतरान भएका स्वास्थ्यकर्मी न त घरमा परिवारसँग एक अंगालो माया साट्न सक्छौं।

यस्तो अवस्थामा एक मानवलाई नाताले अवश्य नै पारिवारिक सहयोग र बुझाइको जरुरत हुन्छ। स्वास्थ्यकर्मीको उत्तरदायित्व निर्वाह गर्नलाई पारिवारिक एवं सामाजिक माया ममता र सद्भावको निक्कै नै खाँचो रहेको हुन्छ। जब स्वस्थ्यकर्मी आफै संक्रमणको जोखिममा काम गरिरहेको हुन्छ।

समाज र महामारी बीचको ढाल बनेर समाजलाई जागाइ रहेको हुन्छ, त्यस्तो अवश्थामा आफैं क्वारेन्टिनमा बस्दा त्यही समाजको गाउँ, टोल अनि सहरले बास दिँदैन भने कहाँ गएर बस्ने स्वास्थ्यकर्मी? वास्तबमा भन्ने हो भने स्वास्थ्यकर्मीले संक्रमण सार्दैन किनकि हामीलाई राम्रोसँग थाहा छइन्फेक्सनकन्ट्रोल मेजर्स्।

संसारका कुनै पनि स्वास्थ्यकर्मी बरु आफू मर्छन् तर संक्रमण अरुलाई सार्दैनन्। जुन समाजमा स्वास्थ्यकर्मीले बास पाउँदैनन् त्यो समाजको वास्तविक समस्या कोरोना होइन मानवता हो।

तुलानात्मक रुपमा नै हेर्ने हो भने पनि मेरो मातृभूमि नेपालमा कोरोनाको चपेटा तुलनात्मक रुपमा निक्कै कम छ। विश्वमा तेस्रो मुलुक भनेर संसारले खिसि टिउरी गरे पनि मेरो जन्मभूमिले गरेको कोरोना नियन्त्रण र ब्यबस्थापनलाई सरहाना गर्नै पर्छ, सशक्त भनाउँदा देशहरुले पनि। अमेरिकामा पाइला पाइलामा कोरोनालाई टेक्दै हिँडेका म र मजस्ता धेरै स्वास्थ्यकर्मी दरो आत्मबलका साथ काम गरिराखेका छौं किनकि यहाँ हाम्रो मनोबल गिराइएको छैन समाजबाट।

आर्थिक, सामाजिक, बौद्धिक रुपमा संभ्रान्त भनिएको देश अमेरिका संसारको सबैभन्दा गएगुज्रेको महामारी व्यवस्थापनको कारण महामारीबाट पीडित देशमध्ये नम्बर १ मा परेको छ। मेरो बासस्थान राज्य टेक्ससमा नै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार भन्दा बढी भै सकेको छ। यो राज्य नेपाल भन्दा ५ गुना ठूलो छ।

तुलानात्मक रुपमा नै हेर्ने हो भने पनि मेरो मातृभूमि नेपालमा कोरोनाको चपेटा तुलनात्मक रुपमा निक्कै कम छ। विश्वमा तेस्रो मुलुक भनेर संसारले खिसि टिउरी गरे पनि मेरो जन्मभूमिले गरेको कोरोना नियन्त्रण र ब्यबस्थापनलाई सरहाना गर्नै पर्छ, सशक्त भनाउँदा देशहरुले पनि।

अमेरिकामा पाइला पाइलामा कोरोनालाई टेक्दै हिँडेका म र मजस्ता धेरै स्वास्थ्यकर्मी दरो आत्मबलका साथ काम गरिराखेका छौं किनकि यहाँ हाम्रो मनोबल गिराइएको छैन समाजबाट। यो स्वास्थकर्मीको घर हो भनेर थाहा पाउनेले घर अगाडिको रुखमा सेतो टालो ल्याएर सम्मान स्वरुप बाँधी दिने गरेका छन्। छिमेकीहरुले ढोकामा ‘थ्याङ्क्यू कार्ड’ छोडी दिन्छन्।

रेस्टुरेन्ट, पसलहरुमा स्वास्थ्यकर्मीलाई स्वतः सहुलियत दिन्छन्। भ्याकेसन र टुरमा हामीलाई भारी कटौती छ। स्वास्थ्य संस्थामा स्थानीय व्यवसायीहरुले निशुल्क लन्च प्याकेट दिने गरेका छन्। क्याम्पसहरुले नर्सको स्टुडेन्ट लोन मिनाहा गरेका छन्। अनि कति होटेलहरुले सित्तैमा स्वास्थ्यकर्मीलाई बस्ने सुविधा दिएका छन्।

खोइती होटेल वरिपरिका बासिन्दा होटेल घेराउ गर्न गएको देखेको र सुनेको पनि छैन। यी सबै प्रसंग ल्याउनुको तात्पर्य भौतिक कुराले खुसी पार्नु भन्न खोजेको होइन कि टोकन अफ लभ र एप्रिसिएसनले नै हामीलाई हिम्मत दिएको छ। यदि समाजले माया र सद्भाव बाँड्न सक्दैन भने दुरुत्साहित पनि नगरोस्।

सोचनीय विषय

स्वास्थ्यकर्मीले र स्वास्थ्य सस्थाले कोरोना भएको र शंकास्पद बिरामी हेर्दिन भने के होला?आज संक्रमितको शंकामा क्वारेन्टिनमा बसेका स्वास्थ्यकर्मीलाई स्थान नदिने यो समाज भोलि कहाँ गएर उपचार गराउला? यस्तै व्यवहार भइराख्यो भने आफ्नो ज्यान नै जोखिममा राखेर कुन चाहिँ स्वास्थ्यकर्मीले सेवा देला?

सुझाव

-नेपालमा डाक्टरको घर अगाडि कोरोना संक्रमितको घर भनेर सूचना टास्नुको सट्टा सेवाका लागि धन्यबाद भन्न सकिन्छ।

– कसैको पनि स्वास्थ्य अवस्थाको सर्बजनिकीकरण कानून विपरीत हो। अमेरिकामा त्यो कानुन तोड्नेलाई २५००० डलरसम्म जरिवाना र जेल सजाय हुन सक्छ।

-स्वास्थ्यकर्मी माथि हातपात र दुव्र्यवहार गर्नेलाई कानुनी रुपमा सजाय हुन आवश्यक छ। यहाँ कुट्न त परै जावस् गाली बेइजजती मात्रै गर्यो भने पनि डाक्टरले र त्यो स्वास्थ्य संस्थाले त्यो व्यक्तिलाई जीवन भरी सेवा दिन्न भन्न पाउँछ।

-जनचेतनाको अत्ति नै आवश्यकता देखिन्छ। राज्य संकाय र स्थानीय निकायहरुको ठूलो भूमिका हुन्छ।

हो यो समस्या हो। कोरोना महामारी कोरोनासँग नै लडेर जित्न सक्छौं न कि कसैलाई सामाजिक बहिस्कार गरेर। स्वास्थ्यकर्मीलाई रोग सार्छन कि भनेर छिःछि र दुर् दुर् गर्नुको साटो स्वास्थ्यकर्मीको मनोबल बनौ।

हामी संसारको जुनसुकै कुनाबाट पनि यो महामारीसँग लड्न तयार छौं। सबैभन्दा पहिला मनको कोरोना फालांै। नत्र स्वास्थ्यकर्मीप्रतिको दुव्र्यबहार आफ्नै खुट्टामा बन्चरो हुन सक्छ। शुभकामना।

(लेखिका अमेरिकाको टेक्सासमा नर्सिङ पेशासँग आवद्ध छिन्)

[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *